एमाले सांसदले फ्लोर क्रस गर्दा जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको पद « प्रशासन
prasaLogo
३ बैशाख २०७८, शुक्रबार

एमाले सांसदले फ्लोर क्रस गर्दा जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको पद


प्रकाशित मिति : 16 April, 2021 5:00 pm

काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् ।

विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लङ्घन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।

शुक्रवार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा बहुमत सांसद उभिएका हुन् ।

प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिए । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस