कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत


३ बैशाख २०७८, शुक्रबार


Karnali

सुर्खेत ।कर्णाली  प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसमक्ष आग्रह गरेका छन् ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले ५ वर्षका लागि सरकार बने पनि बदलिएको परिस्थितिले गर्दा अहिले विश्वासको मत लिनुपर्ने स्थानमा आफू उभिएको प्रस्ट पारे ।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न आग्रह गरे । उनले भने, ‘मैले विश्वासको मत लिने प्रस्ताव पेश गरेको छु ।’

उनले राजनीतिक संस्कार बसाल्न, एकताको सन्देश सिङ्गो देशलाई प्रवाह गर्नका लागि पनि सरकारलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरे ।

उनले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भए यता ९५ मन्त्रिपरिषद बैठक बाट ५८७ जनपक्षीय निर्णय गरेको चर्चासमेत गरे ।

 

Tags :
प्रतिक्रिया दिनुहोस