भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


प्रशासन संवाददाता

३ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेको नेपालगन्ज घर भई काठमाडौँको पुतलीसडक बस्ने सूर्य ओली र भोजपुरको चौकीडाडा गाउँपालिका घर भई पुतलीसडक बस्दै आएका सुमन गिरी रहेका छन् ।

अरनिको राजमार्गमा सल्लाघारीबाट सूर्यविनायकतर्फ जाँदै गरेको प्रदेश नम्बर–३–०२–०११ प ८२५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार सीसीटीभी क्यामेरामा मोटरसाइकल अनियन्त्रित भई सडक किनाराको बारमा ठोक्किएको देखिएको छ ।

उनीहरु दुवै मोटरसाइकलमा सवार थिए । प्रहरीका अनुसार उक्त मोटरसाइकललाई अन्य कुनै सवारी–साधनले ठक्कर दिई अनियन्त्रित भएर दुर्घटना भएको हो वा तीव्र गतिको कारण आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस