ताप्लेजुङका आगलागीपीडितलाई राहत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ताप्लेजुङका आगलागीपीडितलाई राहत


३ बैशाख २०७८, शुक्रबार


ताप्लेजुङ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले ताप्लेजुङको दोभानलगायतका अग्निपीडितलाई राहत प्रदान गरेको छ । काँग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई छ लाख प्रदान गरेको हो ।

प्रतिपरिवार नौ हजारदेखि १८ हजारका दरले राहत रकम वितरण गरिएको काँग्रेस ताप्लेजुङले जनाएको छ । बिहीबार दोभानबजारमा राहत वितरण कार्यक्रमको आयोजना गरी नगद नै वितरण गरिएको हो ।

काँग्रेस जिल्ला सभापति लीलादेवी बोखिम, पूर्वसभापति केशव दाहाललगायतले राहत रकम हस्तान्तरण गरेका थिए । केन्द्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमार्फत वितरण हुने गरी राहत रकम पठाएको थियो ।

यस्तै त्रिचन्द्र कलेजमा अध्ययनरत ताप्लेजुङका विद्यार्थीको अगुवाइमा सङ्कलित ६० हजारसमेत सोही कार्यक्रमका बीच वितरण गरिएको छ । गत फागुन १८ गते भएको आगलागीबाट दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ६० परिवार विस्थापित बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस