२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिप दुर्घटनामा परि मृतकको शव जिल्ला प्रशासन कार्यालयमा श्रद्धाञ्जलीपछि परिवारलाई दिइयो

अ+ अ-

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शवलाई जिल्ला प्रशासनको परिसरमा राखी श्रद्धाञ्जली दिएको छ । श्रद्धाञ्जली कार्यक्रममा उपस्थित सबै भावुक देखिन्थे।

बुधबार लु १ज १६५५ नम्वरको जिप स्वर्गद्धारी नगरपालिका वडा नम्वर तीन रुमालेमा दुर्घटना हुँदा प्रशासकीय अधिकृत श्याम न्यौपाने ,कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्धा शाखाका खरिदार इश्वरी भण्डारी, नागरिकता फाँटका खरिदार यमलाल पन्थी र सवारी चालक केशव कार्कीको निधन भएको थियो।

बिहीबार दिउँसो मृतकहरुको शवलाई जिल्ला प्रशासन कार्यालय गुल्मीको परिसरमा राखी श्रद्धाञ्जली अर्पण गरेपश्चात् शवलाई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

प्रशासकीय अधिकृत श्याम न्यौपानेको शवलाई भने प्युठानबाटै आफन्तको जिम्मा लगाइएको थियो। श्रद्धाञ्जली दिनका लागि सर्वसाधरणदेखि सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुखहरुको उपस्थिति थियो।

प्रशासकीय अधिकृतसहित चार जना कर्मचारीको जिप दुर्घटनामा मृत्यु भएपश्चात बिहीबार जिल्ला प्रशासन कार्यालय पूर्णरूपमा बन्द रहेको थियो। जिल्ला प्रशासन कार्यालय र गुल्मी नै शोकमा रहेकाले मृतकको शोक स्मृतिमा प्रशासन एक दिन बिहीबार पुर्ण रुपमा बन्द रहेको प्रशासकीय अधिकृत उद्धब पन्थीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

दुर्घटनामा परि घाइते भएका ७ जनाको काठमाडौँको छाउनी अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस