गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन माग « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन माग


२ बैशाख २०७८, बिहिबार


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि विपक्षी दलहरूले विशेष अधिवेशनको माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा नेपाल लगायतका दलले संसदको विशेष अधिवेशन बोलाउन माग गरेका हुन् ।

अविश्वास प्रस्ताव दर्ता हुने थाहा पाएपछि प्रदेशसभाको चालू अधिवेशन रातारात अन्त्य गरिएको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरेका थिए । प्रदेश अधिवेशन अन्त्य गरेपनि २५ प्रतिशत सांसदले माग गरे पुनः अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ ।

आज (बिहिबार) काँग्रेस, माओवादी र जसपाका गरी २८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो। भावी मुख्यमन्त्रीका लागि कांग्रेसका कृष्णचन्द्र नेपालीको नाम प्रस्ताव गरिएको छ ।

सम्बन्धित समाचार : गण्डकीका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता

 

 

Tags :
प्रतिक्रिया दिनुहोस