सीईडीबी हाइड्रोपावरको २५ करोड रुपैयाँको आईपीओ बिक्री पक्का « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सीईडीबी हाइड्रोपावरको २५ करोड रुपैयाँको आईपीओ बिक्री पक्का


प्रशासन संवाददाता

२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको छ ।

बोर्डले बिहीबार आइपीओ बिक्रीका लागि स्वीकृती दिएसँगै २५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आईपीओ आउने पक्का भएको छ ।

सीईडीबी हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डले दिएको जानकारी अनुसार एक सय रुपैयाँ अंकति मूल्यमा कम्पनीले २५ लाख १८ हजार २ सय ३० कित्ता अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस