२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक बहिस्करणको त्रासले लुकाइन्छ कुपोषण

अ+ अ-

बलेवा । धौलागिरि अस्पताल परिसरमा रहेको पोषण सुधारगृहमा दुई सातायता पाँच बालबालिकाले कुपोषणको उपचार गराइरहेका छन् । पोषण पुनःस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये चार जना मात्रै पोषणगृहको शय्यामा बस्छन् ।

बागलुङ बजारकै एक सम्पन्न परिवारका चार वर्षका बालक पनि कुपोषणको शिकार छन् । उनलाई पोषण पुनःस्थापनाका लागि अस्पतालमा रहेको पोषण पुनःस्थापना गृहमा भर्ना त गरिएको छ तर शय्यामा राखेर बस्न उनको परिवार तयार छैन । बच्चामा कुपोषणको समस्या रहेको छिमेकीले जानकारी पाउँछन् भन्ने परिवारलाई लागेर उनको उपचार पोषणगृहको सल्लाहमा घरमै हुन्छ ।

‘समयमा यहाँ आएर हामीले तयार गरेको खाना लिएर जानुहुन्छ, भर्ना भएर बस्न मान्नुभएन’, पोषण सुधारगृहका पोषण प्रबन्धक निशान्त आचार्यले भने,–‘पोषणजस्तो समस्यामा पनि सामाजिक बहिस्करणको त्रास छ ।’

पोषणगृहमै आएका अर्का चार वर्षे बालककी आमा पनि भर्ना भएर बच्चाको पोषणमा सुधारका लागि तयार छैनन् । ‘घरमा अरु दुई बच्चा छन्, बूढाले काम गर्नुभएन भने छाक टर्दैन’, उनले पोषण प्रबन्धकसँग भनिन्,–‘औषधि दिनुस् घरमै गएर उपचार गर्छु ।’

कुपोषण आफैँमा रोग होइन तर कुपोषणका कारण अन्य रोगको शिकार बालबालिका हुन सक्छन् । चेतनाको अभाव र सामाजिक बहिस्करणका कारण अहिले पनि बालबालिकामा हुने कुपोषणको उपचारमा अभिभावक तयार नरहेको उल्लिखित उदाहरणले देखाउँछ ।

‘हामीले बच्चा र अभिभावकलाई निःशुल्क खाना खुवाएर कुपोषणको पुनःस्थापना गर्छौँ’,आचार्य भन्छन्,–‘अझै कुपोषणको विषयमा चेतनाको अभाव रहेछ भन्ने देखिन्छ ।’ पोषणगृहले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७० बालबालिकालाई भर्ना गरेर पुनःस्थापना गरेको छ । गृहमा आउने बालबालिकामध्ये बालकको सङ्ख्या धेरै छ ।

उनन्चालीस बालक र ३१ बालिकाको पोषण पुनःस्थापना गरिएको प्रबन्धक आचार्यले तबाए । तीमध्ये पाँच जना अहिले पनि पुनःस्थापनाको क्रममा छन् । ‘कोरोना महामारीको समयमा अन्य समयमा भन्दा कुपोषित बालबालिकाले सुसार पाए’, आचार्य भने,–‘लकडाउनका कारण अभिभावक घरमा रहँदा बालबालिकाले समयमा खाना पाए ।’

परिवारले समय नदिएकै कारण अधिकांश बालबालिकामा पोषणसम्बन्धी समस्या हुने गरेको पोषण पुनःस्थापना गृहको अनुभव छ । ‘बच्चालाई दिनमा चार पटक पोषणयुक्त खानाको आवश्यकता पर्छ तर त्यसअनुसार अभिभावकले ख्याल नगरेका बालबालिका धेरै पीडित रहेको पाइन्छ’, उनले भने,‘खानाको तालिका बनाएर ध्यान दिनसके कुपोषणको समस्या आउँदैन ।’

सुकेनास र फुकेनास दुवै किसिमका कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको उनले सुनाए । बागलुङमा बजारीकरण भएका क्षेत्र र ग्रामीण तहसम्म बालबालिकामा विभिन्न खालको कुपोषणको समस्या वृद्धि भएको उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस