३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘उर्वर बजार’ को शुभारम्भ

अ+ अ-

काठमाडौँ । ‘राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान नेपाल’को अभियन्ता तथा कृषक सम्मिलित कम्पनी ‘उर्वर नेपाल’को शुभारम्भ भएको छ।

‘आजको आवश्यकता आत्मनिर्भर सहितको समृद्धि’ भन्ने मूल नारासहित देशलाई आत्मनिर्भर अर्थतन्त्रबाट मात्र स्वावलम्बी राष्ट्र बनाउन सकिन्छ भन्ने धारणासहित जुटेको अभियानले अभियान तथा कृषक सदस्यहरु सम्मीलित कम्पनी उर्वर नेपाल पब्लिक लिमिटेडको ‘उर्वर बजार’को सुभराम्भ गरेको हो।

मध्य वानेश्वरबाट थालिएको सुरुवात नेपालको ७५३ वटा स्थानीय तहहरूमा पुर्‍याएर समापन गर्ने कार्यक्रम रहेको ‘राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान नेपाल’का अध्यक्ष सुदर्शन विक्रम कार्कीले जानकारी दिए ।

‘नेपाली जनताको सुपर मार्केटको शुभारम्भ नेपालको इतिहासमा स्वर्णिम अक्षरले लेखिने छ’ कार्कीले भने ‘कम्पनीले नेपाली किसानहरूको उत्पादनको बजार सुनिश्चित गर्ने मात्र नभएर कम्पनीको मालिक किसान नै बनाउने छ

कम्पनीले मल्टिनेशनल कम्पनीसम्मको यात्रा तय गरेकाले उत्पादनदेखि विक्रिवितरणलगायत सबै कार्य गर्ने तयारी भइरहेको कार्कीको भनाई छ । उनले कम्पनीको शेयर संरचनामा ४० प्रतिशत अभियन्ताहरूमा, ४० प्रतिशत किसानहरूमा र २० प्रतिशत लगानीकर्ता कम्पनी वा इन्भेस्टमेन्ट कम्पनी, सर्वसाधारणमा रहने पनि जानकारी गराए ।

१ लाख भन्दा अधिकतम लगानी गर्न कसैले पनि नमिल्ने भएकाले कम्पनीले कमाएको नाफा सबैमा बराबरी वितरण हुने र त्यसो हुँदा नेपालको संविधानले लेखेको समाजवाद उन्मुख राष्ट्र भन्ने कुराको अभ्यास पनि हुने पनि कार्कीको भनाई छ ।

कम्पनीले किसानहरूको लागि मल खाद्य, बिउ बिजन, आवश्यक औजारदेखि सम्पूर्ण कुराहरूको सहजीकरण गर्ने जनाएको छ । साथै उपभोक्तालाई सस्तोमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउने छ। जसले किसानको उत्पादन सिधै उपभोक्ता सम्म पुग्ने छ। बिहान होस् वा बेलुकी प्रयोग गरौँ स्वदेशी भन्ने नारालाई कम्पनीले आफ्नो ब्राण्डिङ प्रडक्टमा समावेश गरेको छ।

कार्कीले किसानको मूल्य बिचौलियाले नभएर किसान स्वयंले निर्धारण गर्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस