भारतमा १२ कक्षाको बोर्ड परीक्षा स्थगित, कक्षा १० को परीक्षा रद्द « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतमा १२ कक्षाको बोर्ड परीक्षा स्थगित, कक्षा १० को परीक्षा रद्द


एजेन्सी

१ बैशाख २०७८, बुधबार


नयाँ दिल्ली । कोरोना भइरस(कोभिड-१९) को संक्रमण ह्वात्तै बढेपछि भारतमा कक्षा १० को परीक्षा रद्द गरिएको छ। त्यस्तै १२ कक्षाको परीक्षा स्थगित गरिएको छ।

शिक्षा मन्त्री रमेश पोखरियालल निशंकले सामाजिक सञ्जालमार्फत् कक्षा १० नतिजा आन्तरिक मूल्याङ्कतमार्फत गरिने र त्यसको लागि केन्द्रीय माध्यमिक शिक्षा बोर्डले मापदण्ड तयार पार्ने जानकारी दिए।

त्यस्तै कक्षा १२ को परीक्षा तत्कालका लागि स्थगित गरिएको र यसको विषयमा पछि थप निर्णय गरिने उनको भनाइ छ । मन्त्री पोखरियालले यस विषयमा जुन १ तारिखमा बस्ने बैठकले समीक्षा गर्ने बताए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकपछि शिक्षा मन्त्रालयले परीक्षाको विषयमा निर्णय गरेको हो। मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाले कोरोना संक्रमण बढेको कारण माध्यमिक शिक्षा परीक्षा रद्द गर्न अपिल गरेका थिए।

केन्द्रीय माध्यमिक शिक्षा बोर्डले लिने परीक्षा ४ देखि १४ मे सम्म सञ्चालन हुने तय गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस