प्रदेश १ मा २० जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश १ मा २० जनामा कोरोना संक्रमण पुष्टि


प्रशासन संवाददाता

१ बैशाख २०७८, बुधबार


विराटनगर । प्रदेश १ मा आज २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा १६, सुनसरी र प्रदेश १ बाहिरका २–२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १७९ पुगेको छ ।

प्रदेश १ मा आज २२६ जनाको पीसीआर परीक्षण गर्दा ९ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस