बीरगञ्जबाट ८ लाख सहित हुण्डी कारोवारी पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बीरगञ्जबाट ८ लाख सहित हुण्डी कारोवारी पक्राउ


१ बैशाख २०७८, बुधबार


काठमाडौँ । पर्साको वीरगञ्जबाट एकजना हुण्डी कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । छप्कैया घर भएका श्रीभगवान प्रसाद कलवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले बताए ।

बीरगञ्ज महानगरपालिका–६ स्थित बाबा होटल नजिकबाट प्रहरीले उनलाई पक्रेको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनको साथबाट ८ लाख स्रोत नखुलेको रकम बरामद गरेको छ । साइकलमा सवार कलवारले प्लाष्टिकको झोलामा लुकाएर सो रकम बोकेका थिए ।

बीरगञ्ज महानगरपालिका–३ छप्कैया घर भएका ४८ वर्षीय कलवारविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–०७३ विपरीतको कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस