२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय निजामती विधेयक पारित गर्न नदिने संघको चेतावनी

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस निकटको कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन (संघ) ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा विधेयक पारित नगर्न चेतावनी दिएको छ ।

मंगलबार नेपाल निजामती कर्मचारी युनियन(संघ) को राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ बाट पारित काठमाडौँ घोषणा पत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले संघीय निजामती सेवा ऐनमा लोकतन्त्र विरोधी रहेको बताए ।

ऐनले संविधानलाई नै उलङ्घन गरेको तथा कर्मचारीहरुको सेवासुविधा, वृत्तिविकास लगायतका विषयमा अलोकतान्त्रिक तवरले तानाशाही व्यवस्था कायम गरिएको भन्दै सो ऐन पास भए कर्मचारीहरु आन्दोलनमा उत्रिने बताए । राष्ट्रिय भेलाले ऐनको विरुद्धमा देशव्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सरकारले निजामती प्रशासनलाई विघटन गरेर आफु अनुकुलका कर्मचारीहरुलाई करारमा नियुक्त गर्ने चेष्टा गरेको अध्यक्ष पोखरेलले दाबी गरे । नेपाल निजामती कर्मचारी युनियन(संघ) का उपाध्यक्ष उत्तम कुमार कटुवालले संघीय निजामती सेवा ऐनले ट्रेड युनियनको अधिकारलाई हनन गरेको बताए ।

श्रेणीबिहिन कर्मचारीको वृत्तिविकासको व्यवस्थालाई कुण्ठित गरिएको पनि उनको भनाइ छ । । करार कर्मचारीहरुलाई स्थायी बनाउनुपर्ने आफुहरुको मागको सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण पनि गराए ।

सरकार नायब सुब्बाको वृत्ति विकास र बढुवामा गम्भिर नभएको पनि उपाध्यक्ष कटुवालले बताए । ट्रेड युनियनको अधिकारको निम्ति नेपाल निजामती कर्मचारी युनियन(संघ)ले जस्तोसुकै आन्दोलन गर्न तयार रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस