७० तोला सुन चोरी गर्ने युवक पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

७० तोला सुन चोरी गर्ने युवक पक्राउ


३० चैत्र २०७७, सोमबार


काठमाडौँ । ७० तोला सुन चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

म्याग्दीको मालिका गाउँपालिका-२ का २८ वर्षीय दिलिप र दिनेश उपनामले चिनिने दिलबहादुर पुनलाई शनिबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकालगायत बिभिन्न जिल्लाका सहकारी तथा वित्तीय संघ संस्थाहरु तथा सुनचाँदी पसलमा रातको समयमा चोरी गर्ने समूहको खोजतलास गर्ने क्रममा उनी पक्राउ परेका हुन्।

पुनले गत फागुन १८ गते राति नवलपारासी गौडाकोट नगरपालिका-५ कांग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलको सटर फोडेर सुनका गरगहना ७० तोला र नगद ७ लाख ४३ लाख रुपैयाँ बराबरको सामान चोरी भएको गरेका थिए।

पक्राउ परेका पुनलाई कारबाहीका लागि नवलपरासी पठाइएको महाशाखाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस