फोर्ब्सको सूचीमा थपिए नौ नयाँ अर्वपति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फोर्ब्सको सूचीमा थपिए नौ नयाँ अर्वपति


एजेन्सी

२९ चैत्र २०७७, आइतबार


एजेन्सी । विश्वका धनाढ्यहरुको सूचीमा नौ जना नयाँ अर्वपतिहरु थपिएका छन् ।

फोब्सले हालै सार्वजनिक गरेको विश्वका अर्वपतिहरुको वार्षिक सूचीमा १२ जना क्रिप्टो  अर्वपति रहेकोमा ती मध्ये ९ जना सन् २०२० मा क्रिप्टो करेन्सीको भाउ बढेका कारण अर्वपति बनेका हुन् ।

विश्वका ती एक दर्जन क्रिप्टोकरेन्सी अर्वपतिहरुमध्ये सर्वाधिक धनीचाहिँ ट्रेडिङ कम्पनी अलामेडा रिसर्च तथा डेरिभेटिभ एक्सचेन्ज कम्पनी एफटिएक्सका साम ब्यांकम्यान फ्राएड हुन् । उनको कूल सम्पत्ति ८ अर्ब ७० करोड डलर छ ।

दोश्रो स्थानमा क्वाइनबेसका सीईओ तथा संस्थापक ब्रायन आर्मस्ट्रंग रहेका छन् । उनको कूल सम्पत्ति साढे ६ अर्ब छ । तेश्रो स्थानमा रिप्पलका सहसस्थापक क्रिस लार्सेन ३ अर्ब ४० करोड डलरसहित रहेका छन् ।

विश्वको क्रिप्टो करेन्सीको बजार पहिलो पटक २ ट्रिलियन डलर नाघेकै दिन फोर्ब्सको उक्त सूची सार्वजनिक भएको हो । गत जनवरीमा क्रिप्टोकरेन्सीको कूल मूल्य एक ट्रिलियन डलर थियो ।

मार्केट क्यापको आधारमा बिटक्वाइन १.०६ ट्रिलियन डलरसहित पहिलो स्थानमा छ भने त्यसपछि इथेरियम, बाइनान्सस क्वाइन, एक्सआरपी तथा टेथरलगायतका रहेका छन् ।

सन् २०२० को मार्च महिनाको दुई दिनसम्म उच्चतम गिरावट आएर ४ हजारभन्दा तल झरेकोमा डिसेम्बर ३१ मा आइपुग्दा सबैभन्दा महँगो क्रिप्टो करेन्सीको मूल्य २९ हजार डलर पुगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस