कोरोना नियम उल्लंघन गरेकी नर्वेली प्रधानमन्त्रीलाई २ लाख ८० हजार जरिवाना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना नियम उल्लंघन गरेकी नर्वेली प्रधानमन्त्रीलाई २ लाख ८० हजार जरिवाना


एजेन्सी

२८ चैत्र २०७७, शनिबार


ओस्लो । कोरोना भाइरस रोकथामका लागि लागु गरिएको नियम उल्लंघन गरेबापत नर्वेका पधानमन्त्री एर्ना सोलवर्गलाई प्रहरीले जरिवाना गरेको छ ।

उनले शुक्रबार आफ्नो जन्मदिन मनाउन पारिवारिक भेला आयोजना गरेकी थिइन् । सोही क्रममा प्रधानमन्त्रीलाई सामाजिक दूरीको नियम उल्लंघन गरेको आरोपमा जरिवाना तोकिएको हो ।

प्रधानमन्त्रीलाई २० हजार नर्वेजियन क्रोन (झन्डै २ लाख ८० हजार रुपैयाँ) जरिवाना लगाइएको नर्वे प्रहरीले जनाएको छ । भाइरस संक्रमणमा व्यापक वृद्धि भएपछि नर्वेले कडा प्रतिवन्धहरु लागु गरेको छ । त्यहाँ १० जनाभन्दा बढी व्यक्तिलाई सार्वजनिक स्थानमा भेला हुन रोक लगाइएको छ ।

नियम उल्लंघन गरेपनि उनका पति र रेष्टुरेन्टलाई भने जरिवाना गरिएको छैन । कोभिड रोकथामका लागि मापदण्ड कार्यान्वयन गर्नुपर्ने अग्रणी नेतृत्वले नै नियम उल्लंघन गरेपनि जरिवाना गर्नुपरेको प्रहरीको भनाई छ ।

१० जनाभन्दा बढी उपस्थित हुन नपाइने नियम भएपनि प्रधानमन्त्रीको जन्मदिनमा १३ जना उपस्थित भएको पाइएपछि कानुनअनुसार जरिवाना गर्नुपरेको प्रहरीको भनाई छ । प्रहरीले कानुनको सामु कोही पनि ठूलो सानो नहुने भन्दै कानून सबैलाई बराबर हुने जनाएको छ ।

प्रधानमन्त्री सोलबर्ग र उनका पति सिन्दे्र फिनसले जन्मदिन मनाउनको लागि कार्यक्रम आयोजना गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस