१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीको सहयोगमा डढेलो नियन्त्रण

अ+ अ-

दमौली । तनहुँको भानु नगरपालिका–४ स्थित आहालडाँडा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरी बल २३ नं मनकामना गणबाट खटिएको सशस्त्र प्रहरीको सहयोगमा वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको हो ।

प्रहरीले स्थानीयवासीसँग सहकार्य गरेर वनमा लागेको डढेलो नियन्त्रणमा लिएको हो । डढेलो नियन्त्रणका लागि गणका प्रहरी निरीक्षक तुलसीराम केसीको नेतृत्वमा ३७ जना प्रहरी खटिएको प्रहरी उपरीक्षक सञ्जय भट्टराईले जानकारी दिए ।

हिउँदे समय शुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको छ । डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय तनहुँले स्थानीयस्तरमै पुगेर सचेतनामूलक कार्यक्रम अगाडि बढाएको छ ।

चैत वैशाखको समयमा वन जङ्गलमा अत्यधिक डढेलो लाग्ने समय भएकाले कार्यालयले डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न ठाउँमा डढेलो नियन्त्रणका लागि शीघ्र उत्तरदायी टिमसमेत गठन गरिएको छ ।

“यो समय भने जङ्गलमा डढेलो लाग्ने समय हो, डढेलो लागिहाल्यो भने तत्कालै नियन्त्रण र रोकथामका लागि विभिन्न सामुदायिक वनमा उत्तरदायी टिम गठन गरेका छौँ”, उनले भने, “डढेलो लागेको थाहा पाउनेबित्तिकै उक्त टिमले नियन्त्रणका लागि काम गर्छ ।” वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको काफ्लेले बताए ।

‘डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घ लगायतलाई आग्रह गरेका छौँ’, उनले भने,’सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।’

जिल्लामा रहेका आठ वटा सव डिभिजन वन कार्यालयले आ–आफ्नो क्षेत्रमा वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । जिल्लाको ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका १० वटा स्थानीय तहमा ६१६ सामुदायिक वन, ४८५ कबुलियती वन र छ धार्मिक वन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस