नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन भारतसँग आग्रह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन भारतसँग आग्रह


२७ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ छिटो उपलब्ध गराउने व्यवस्था मिलाइदिन भारत सरकारसँग आग्रह गरेको छ।

आज (शुब्रबार) परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस. जयशङ्करबीच भएको टेलिफोन वार्तामा कोभिड–१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छ ।

दुबै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा थप सहयोगको अभिवृद्धि गर्नेसहित खोपको आपूर्तिबारे विचारविमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा १० लाख मात्रा कोभिशिल्ड खोप उपलब्ध गराएकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गरे। त्यस क्रममा उनले नेपालले किनेको १० लाख डोज खोप छिटो उपलब्ध गराइदिन आगह गरेको परराष्ट मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रत्युत्तरमा बाह्यमामिला मन्त्रीले खोप आपूर्तिसहित महामारीबाट पार पाउन नेपालको प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने आश्वासन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस