प्रधानमन्त्री ओलीद्वारा लिखीत ‘स्वदेशमै रोजगारी’ गीतलाई अवार्ड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री ओलीद्वारा लिखीत ‘स्वदेशमै रोजगारी’ गीतलाई अवार्ड


२७ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको गीत ‘स्वदेशमै रोजगारी’ को भिडियोले ‘उत्कृष्ट निर्देशक’को अवार्ड जितेको छ । उक्तभिडियोमा मोहन निरौलाको निर्देशन रेहेको छ ।

राजधानीमा हिजो बिहीबार आयोजित ‘चौथो राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०७७’मा पूर्व उपराष्ट्रपति परमानन्द झाले निर्देशक निरौलालाई अवार्ड प्रदान गरेका हुन् । अवार्ड पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा भएको हो ।

गीतमा शान्तिराम राईको संगीत रहेको छ भने मेलिना राईले स्वर भरेकी छन् । भिडियोमा रवीन्द्र खड्का, मोहन निरौला, रमेश पौडेल, पवित्रा आचार्य, प्रकृति केसी, आशा भुसाल, चेतबहादुर सिंह, सुनिल कटवाल, रामेश्वर बुर्लाकोटी, जीवन थापा, उद्धव भट्टराई, गोपाल ढकाल ‘छन्दे’ लगायतको अभिनय छ ।

भिडियोमा पवित्राको कोरियोग्राफी छ ।

भिडियो :

 

Tags :
प्रतिक्रिया दिनुहोस