नयाँ सरकार निर्माणबारे छलफल गर्न तीन दलको बैठक शुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नयाँ सरकार निर्माणबारे छलफल गर्न तीन दलको बैठक शुरु


२७ चैत्र २०७७, शुक्रबार


काठमाडौँ। वैकल्पिक सरकार निर्माणका विषयमा छलफल गर्न कांग्रेसले बोलाएको बैठक ढिलो गरी शुरु भएको छ ।

बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बैठक शुरु भएको हो । बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशरण महत सहभागी छन् ।

त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक देव गुरुङ छन् ।

त्यसैगरी बैठकमा सहभागी हुनका निम्ति जसपाबाट अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ बूढानीलकण्ट पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस