२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

अ+ अ-

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डि८ समूहका सदस्य राष्ट्रहरुलाई कोभिड–१९ को खोपलाई थप सर्वसुलभ बनाउन आग्रह गरेका छन् ।

सो समूहको बिहीबार आयोजित भर्चुअल सम्मेलनमा उनले सो आग्रह गरेको बताइएको छ । उनले हाल विश्वका कतिपय देशमा भ्याक्सिन राष्ट्रियता स्थापना गर्न खोजिएको जस्तो देखिएको पनि टिप्पणी गरे ।

प्रधानमन्त्री खानले सो भर्चुअल सम्मेलनमा भनेका थिए– विश्वमा अहिले भ्याक्सिनजस्तो अति आवश्यकताको वस्तुको उपलब्धताको बारेमा अझ बढी कुरा उठाउनुपर्ने अवस्था आएको पनि बताएका थिए ।

उक्त समूहको १० औं सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री खानले कोभिड १९ का विरुद्धमा हाल विश्वमा प्रयोगमा आइरहेको खोपको उपलब्धतालाई अझ सरल र विश्वमा अति आवश्यकताको वस्तुका रुपमा सबैले पाउनुपर्ने बताए ।

यस कार्यका लागि डि८ जस्तो समूह र यसका सबै सदस्य देशहरुले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । उनले कोभिडका कारणले विश्वको अर्थतन्त्र गम्भीर अप्ठेरो अवस्थामा पुगेकोले त्यसलाई पुनप्राप्तिका लागि पनि यस समूहले भूमिका खेल्नुपर्ने बताए ।

त्यसका अतिरिक्त विश्वका कतिपय देशमा यो खोपको उपलब्धता निकै कमजोर भएकोले यस समूहका सदस्यहरुले औषधि जस्तो विषय विश्वका सबै देशका नागरिकले पाउन सकुन भनेर त्यस बारेमा लाग्नुपर्ने धारणा राखे।

उनले विश्वमा हाल कोभिडका कारणले ह्रास भएको अर्थतन्त्रका कारण धेरै क्षेत्रमा प्रभाव पारिरहेको पनि बताए । त्यसका लागि पनि यो डि८ समूहले ध्यान दिनुपर्ने बताएका थिए ।

डि८ समूहमा बंगलादेश, पाकिस्तान, टर्की, इजिप्ट, इन्डोनेसिया, इरान, मलेसिया र नाइजेरिया सदस्य रहेका छन् । बिहीबार आयोजना गरिएको १०औँ सम्मेलनको आयोजक राष्ट्र बंगलादेश रहेको थियो ।

प्रतिक्रिया दिनुहोस