२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन् । उक्त सडकको मुख्यमन्त्री भट्टले आज अनुगमन तथा निरीक्षण गर्दै तोकिएको समयावधिभित्र काम सक्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टले भने, ‘खप्तड सडक चाँडो पिच गरिए यहाँ पर्यटकलाई सहज हुने छ, कालोपत्रको काम चाँडै सक्नुस ।’

अनुगमनकै क्रममा मुख्यमन्त्री भट्टले जिल्लामा सञ्चालनमा रहेका योजना तोकिएको समयमै नसक्नेलाई कारवाही गरिने समेत बताए । उनले भने, –‘निर्माणको जिम्मा लिने तर समयमै काम नसक्नेलाई कारवाही हुन्छ, कारवाहीमा पर्नु भन्दा काम चाँडो सक्नुस् ।’

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई मध्यनजर गर्दै कालोपत्रसहित निर्माण भईरहेको उक्त सडक एक वर्ष अगाडि करीब ७८ करोडको लागतमा ठेक्का भई काम भइरहेको छ ।

खप्तड यहाँको भू–स्वर्गको रुपमा परिचित क्षेत्र रही पर्यटकको प्रमुख रोजाइँको केन्द्र भए पनि खप्तड जाने बाटो नहुँदा पर्यटकीय सम्भावना ओझेलमा पर्दैआएको छ । खप्तड सडक कालोपत्रसहित निर्माण सम्पन्न भए यहाँ आउने पर्यटकलाई सहज हुनुका साथै आयआर्जनमा पनि सहज हुने खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए ।

उनले भने,–‘खप्तडका नाममा धेरै राजनीति भयो, अब विकास गर्नुपर्ने बेला आएको छ, सडक सुविधा मात्रै पु¥याउन सके यहाँ लाखौँ पर्यटक भित्र्याउन सकिने छ ।’

प्रतिक्रिया दिनुहोस