२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतले बनायो रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज

अ+ अ-

नयाँदिल्ली । भारतले संसारकै रेल चल्ने अग्लो आर्क ब्रिज बनाएको छ । कस्मिरमा रहेको चेनाब नदीमाथि भारतीय इन्जिनियरहरुले रेल चल्ने संसारकै अग्लो आर्कब्रिज बनाउन सफल भएका हुन् ।

नदीको सतहदेखि ३५९ मिटर अग्लो रहेको यो आर्क ब्रिजको उचाइ पेरिसको आइफेल टावरको भन्दा ३५ मिटर अग्लो छ। १३ सय १५ मिटर लामो ब्रिजमा १७ वटा स्पान छन्।

भारतको नर्दन रेलवेले बनाइरहेको २७२ किलोमिटर लामो रेलमार्गअन्तर्गत २८ हजार करोड भारू लागतमा ब्रिज बनाइएको हो।

१० हजार ९ सय १६ मेट्रिक टन तौल भएको यो ब्रिजले ८ म्याग्नेच्युडको भूकम्प धान्न सक्छ। १०० किलोमिटर गतिमा रेल कुद्न सक्ने गरी बनाइएको ब्रिजको आयु १२० वर्ष हुने बताइएको छ।

यो रेलमार्गको योजना सन् २००२ मा बनेको हो। २००४ देखि काम सुरू भएको रेलमार्गको सबैभन्दा चुनौतीपूर्ण भाग नै यही पुल थियो।

यो पुल बनेपछि जम्मु–कस्मिर बाँकी भारतसँग रेलमार्गबाट जोडिने भएको छ। अब त्यहाँ रेलवे लिक बनाउन सुरू गरिनेछ। एक वर्षमा त्यहाँ लिक बिछ्याउने काम सकिने र साढे २ वर्षमा रेलमार्ग सञ्चालनमा आउने अधिकारीहरूले जनाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्क ब्रिज बन्नुलाई ठूलो उपलब्धि भएको भन्दै ट्वीट गरेका छन् । उनले भनेका छन्,‘यो निर्माण कार्य केवल अत्याधुनिक इन्जिनियरिङ र टेक्नोलोजीको क्षेत्रमा भारतको बढ्दो तागतको मात्र प्रदर्शन होइन, संकल्पबाट सिद्धि हुन्छ भन्ने देशको बदलिएको कार्य संस्कृतिको पनि उदाहरण हो ।’

प्रतिक्रिया दिनुहोस