१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यक्तिगत घटना दर्ताका विवरण डिजिटाइजेसन, ढड्डामा राख्ने प्रचलन विस्थापित

अ+ अ-

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले व्यक्तिगत घटना दर्ताका विवरणलाई डिजिटाइजेसन गरेको छ । गाउँपालिकाले घटना दर्ताका विवरण ढड्डामा राख्ने प्रचलनलाई विस्थापित गर्दै सम्पूर्ण विवरणलाई डिजिटल प्रविधिमा रूपान्तरण गरेको हो ।

जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदका सम्पूर्ण विवरणलाई डिजिटल प्रविधिमा रूपान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । ‘व्यक्तिगत घटना दर्ताका विवरण ढड्डामा राख्ने प्रचलन थियो, गाउँपालिकामा अब व्यक्तिगत घटना दर्ता डिजिटलमा रूपान्तरण भएको छ’, अधिकारीले भने, ‘यसले सबै प्रकारका विवरण खोज्न पनि सहज हुनुका साथै समयको पनि बचत हुन्छ ।’ उनका अनुसार केही विवरण खोज्नुपर्दा ढड्डा पल्टाउनुपर्दा समस्या हुने गरेको थियो ।

गाउँपालिकाले सम्पूर्ण वडाका ३० हजार विवरण डिजिटल प्रविधिमा समावेश गरेको छ । ‘गत असोज महिनादेखि काम शुरु भएको थियो, सोमबार उक्त काम सम्पन्न भएपछि गाउँपालिकाले घटना दर्ताको डिजिटाइजेसन कार्य सकिएको घोषणा गरेको छ’, अधिकारीले भने, ‘कम्प्युटरमा नाम हान्नेबित्तिकै सम्पूर्ण विवरण एकैचोटी पाउन सकिन्छ ।’

सरकारले देशभरका स्थानीय तहमा यो कार्य गर्नका लागि रकमसमेत उपलब्ध गराएको थियो तर कतिपय स्थानीय तहले अझैसम्म पनि उक्त कार्य गरेका छैनन् । गाउँपालिकाले सातवटै वडा कार्यालयका घटना दर्ताका विवरण परामर्शदातामार्फत् डिजिटाइजेसन गरेको हो ।

व्यक्तिगत घटना दर्ताका विवरण डिजिटल प्रविधिमा समावेश भएपछि कर्मचारीको समय बचत हुनुका साथै सेवाग्राहीले पनि छिटोछरितो सेवा प्राप्त गर्न सक्ने गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस