काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश पारित भएको छ ।
बैंकले आफ्ना लगानीकर्तालाई ५.२६ प्रतिशत बोनस शेयर दिएको छ । जसमा ५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२६ प्रतिशत रकम नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
बैंकको आज लैनचौर व्याङ्क्वेट, लैनचौर, काठमाण्डौमा सम्पन्न भएको १६ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदन गरेको हो ।
साथै बैंकले आफ्नो ०७६/७७ र ०७७/७८ सालको लागि वित्तीय विवरण समेत साधरण सभाबाट पारित गरेको छ । बैंकको देशभर ९५ ओटा शाखा तथा ३१ ओटा एटिएममार्फत ग्राहकलाई सेवा दिंदै आएको छ ।