काठमाडौँ । प्रतिनिधि सभाको आज बसेको बैठकमा संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन पेस भएको छ ।
आज (सोमबार) दिउँसो १ बजे बसेको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७ पेस गरेकी हुन् ।