२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकासका लागि सरकार गम्भीर भएर लागेको छः मन्त्री आले

अ+ अ-

डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमस्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

डोटीको जोरायल गाउँपालिका–२ बुडरमा आज आयोजित ‘प्राणी उद्यानको सम्भाव्यता’ सम्बन्धी सामुदायिक वन उपभोक्ता समूह र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशस्थित खप्तड, रामारोसन, बडिकेदार, बडिमालिकालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको दिगो विकासका लागि सरकार गम्भीर भएर लागेको बताए ।

उनले भने,‘सुदूरपश्चिममा असङ्ख्य धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, ती क्षेत्रको दिगो विकासका लागि सरकारले विभिन्न कार्ययोजना अगाडि बढाएको छ, चाडै नै यहाँका पर्यटकीय र धार्मिक क्षेत्रको पूर्वाधारको काम हुनेछ ।’

मन्त्री आलेले सरकारले सुदूरपश्चिममा चिडियाखाना निर्माण गरिने योजनाका साथ अगाडि बढेको जानकारी दिदैं सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडक्षेत्रमा पूर्वाधार विकास निर्माणका अधुरा कामलाई पूरा गर्ने गरी बजेट विनियोजन गराउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले भने, ‘खप्तडक्षेत्र यहाँको पर्यटकीय केन्द्रविन्दु हो, यस क्षेत्रको विकास गर्न सके यहाँको आर्थिक तथा सामाजिक विकासको ढोका खुल्छ । त्यसैले यस क्षेत्रको पूर्वाधार विकास निर्माणका अधुरा कामलाई पूरा गर्ने गरी बजेट विनियोजन गराउनेमा आफ्नो पूर्ण सहयोग हुनेछ ।’

मन्त्री आलेले डोटीको बडिकेदार धार्मिक क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजनको तयारी भइरहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशमा सडक, विद्युत्, सञ्चारलगायत भौतिक पूर्वाधार विकास निर्माणमा वर्तमान सरकारले गम्भीर रहेको जानकारी दिए । उनले सुदूरपश्चिमका सुकुम्बासीको घर जग्गा व्यवस्थापनका लागि पहल भइरहेको र केही दिनमै उनीहरुले जग्गाधनी लालपुर्जा पाउने बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा दीपक खरालले सरकारले सुदूरपश्चिममा चिडियाखाना निर्माणका लागि सरकारले निर्णय गरिसकेकाले चाँडै नै यहाँ चिडियाखाना स्थापना गरिने बताए । सरकारले सातवटै प्रदेशमा चिडियाखाना स्थापना गर्नका लागि बजेट विनियोजन गरिसकेको बताउँदै उनले डोटीको जोरायल गाउँपालिका–२ बुडरमा प्राणी उद्यानको निर्माणका लागि सरकारी प्राविधिक टोलीले सर्वेको कार्य अगाडि बढाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस