राष्ट्रपति भण्डारीले गरिन् मेलम्चीको पानी वितरणको सुरुवात, भृकुटीमण्डपको धारामा २४ सैं घण्टा पानी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति भण्डारीले गरिन् मेलम्चीको पानी वितरणको सुरुवात, भृकुटीमण्डपको धारामा २४ सैं घण्टा पानी


प्रशासन संवाददाता

२० चैत्र २०७७, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन्।

काठमाडौँको भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले शुक्रबार आयोजनाको औपचारिक रूपमा उद्घाटन गरेकी हुन्।

भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ। सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने बताइएको छ।

काठमाडौँमा पानी संकट टार्न सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी ल्याइएको छ। मेलम्ची आयोजनाबाट ल्याइएको पानी काठमाडौँ ललितपुरका विभिन्न स्थानमा केही दिनदेखि वितरण गरिराखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस