काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार (आज) बस्दैछ। आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्य गरी दुईवटा विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
नेताहरुका अनुसार महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा आजको बैठक केन्द्रीत हुने भएको छ । क्रियाशिल सदस्यता बुझाउने म्याद थप्नेबारे आजको बैठकमा छलफल हुनेछ ।
क्रियाशिल सदस्यता बुझाउनुपर्ने म्याद चैत १० गते नै सकिएको भए पनि विभिन्न जिल्लाहरुबाट प्राप्त नभएकोले म्याद थप्न लागिएको हो। आजको बैठकमा सत्तासमिकरणबारे पनि छलफल हुने नेताहरुले बताए ।