काठमाडौं । विहीबार (आज) नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ ।
यस्तै आज चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँ ले बढेको छ । आज भने, चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।