२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लालपुर्जा पाएपछि घरवासी दङ्ग

अ+ अ-

महोत्तरी । कैयौँ वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका–१ का गरिब घरजग्गाको लालपुर्जा पाएपछि दङ्ग भएका छन् ।

पहिलेको धिरापुर गाविसमा पर्ने (हाल, मटिहानी–१) का सिरसिया र धिरापुरका घरवासी बुधबार आफ्नो नाउँमा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाएर दङ्ग भएका हुन् ।

‘लाग्छ, जिन्दगीमा ठुलै कुरा पाएका छौँ’, बुधबार नापी कार्यालय महोत्तरी जलेश्वरले दिएको जग्गाधनी प्रमाण पुर्जा देखाउँदै मटिहानी–१ का ७० वर्षीय बिल्टु मण्डलले भने, ‘अब आफ्नै जग्गामा घर छ भन्नेमा ढुक्क भएका छौँ ।’ नापी कार्यालय महोत्तरीले एक दशकअघि नापी गरिएको सिरसिया र धिरापुर बस्तीका गाउँ ब्लकभित्रका १६३ घरधुरी धनीलाई बुधबार जग्गाधनी प्रमाण पुर्जा प्रदान गरेपछि यी दुवै बस्तीमा खुसी छाएको हो ।

नापी कार्यालय महोत्तरीले जगा धनी प्रमाण पुर्जामा घरधनी मूलीको निधन भए पत्नीका नाउँमा र दुवै (पति/पत्नी) जीवित भए दुवैको संयुक्त नाउँ उल्लेख गरेपछि महिलामा पनि घरजग्गाको स्वामित्व स्थापित भएको छ । यसले महिलामा आत्म गौरव बढाएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् ।

नापी कार्यालय महोत्तरीले चालु आर्थिक वर्ष २०७७/०७८ को हालसम्मको अवधिमा यसअघिका लक्ष्मीनियाँ, बलवा गाविसमा घरवासीलाई गाउँ ब्लकको जग्गाधनी प्रमाण पुर्जा वितरण गरी सकेको छ । पछिल्लो पटक धिरापुरसहित जम्मा ९०० जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको नापी कार्यालय महोत्तरी जलेश्वरका प्रमुख राकेशकुमार झा ‘रसिक’ ले जानकारी दिए । कार्यालयले जारी चैत महिनाभित्रै यसअघिका किसान नगर, पशुपतिनगर र मनरा गाविसका गाउँ ब्लकभित्रको जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने जनाएको छ ।

साविक गाउँ ब्लकका जग्गा नाप गरी जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्न एक दशकअघि नै नापी टोली खटाई घरजग्गा नाप गरिएको थियो । लामो समयसम्म वितरण हुन नसकेको जग्गाधनी प्रमाण पुर्जा कार्यालयले क्रमशः वितरण गर्दै लगेको हो ।

प्रतिक्रिया दिनुहोस