२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री संसदमा नदेखिनुको कारण के हो ? -दिलेन्द्र बडु

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता दिलेन्द्र बडुले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा नदेखिनुको कारण माग गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बडुले केही समयअगाडि प्रधानमन्त्री ओलीले आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुन सक्ने अभिव्यक्ति दिएको भन्दै यसबारे गृहमन्त्री वा सरकारका प्रवक्ताले संसदमा जानकारी गराउनुपर्ने माग गरेका हुन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअगाडि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बखत आफूमाथि भौतिक आक्रमण हुन सक्ने आशयको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो। यसमा सत्यता कति छ ? यथार्थ के हो ? उहाँको सुरक्षामा गृह मन्त्रालयले अहिले के के थप व्यवस्था गरेको छ ?’ बडुले भने ।

उनले प्रतिनिधि सभाका यतिका बैठक हुँदा पनि संसदमा प्रधानमन्त्री नआउनुको कारण सुरक्षा खतरा त होइन भन्ने प्रश्नसमेत गरे। उनले भने, ‘संसद चलिरहँदा पनि आजसम्म प्रधानमन्त्री यस संसदभित्र नदेखिनुको कारण उहाँमाथि रहेको सुरक्षा खतरा नै हो ? अथवा नैतिक खतरा पनि उहाँ महसुस गरिरहनु भएको हो ?’

सुरक्षा खतरा छैन भने प्रधानमन्त्रीले नेपालको सुरक्षा व्यवस्था र क्षमतामाथि प्रश्न उठ्ने गरी बनावटी अभिव्यक्ति किन दिएको उनको प्रश्न थियो । यसबारे यथाशीघ्र प्रधानमन्त्री वा गृहमन्त्री तथा सरकारका प्रवक्ताले संसदमा स्पष्टीकरण दिनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस