२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्यानमारसँगको अमेरिकी व्यापार सम्झौता स्थगित

अ+ अ-

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले सोमबार म्यानमारमा लोकतान्त्रिक सरकार पुनर्बहाली नहुँदासम्म म्यानमारसँगको व्यापार सम्झौता स्थगित गरेको छ ।

गत फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता विद्रोह गरी शासन सत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गरेको छ ।

सेनाले निर्वाचित सरकारलाई विस्थापित गरेको छ भने नेतृ आङ सान सू की र अन्य नेताहरूलाई नजरबन्दमा राखेको छ ।

अमेरिकी व्यापार प्रतिनिधि केथेरिन ताईले जारी गरेका विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारको तत्काल पुनर्बहाली भएको हेर्न चाहन्छ भनिएको छ ।

संयुक्त राज्य अमेरिका बर्मेली सेनाले निहत्था नागरिकमाथि गरिरहेको हिंस्रक आक्रमणप्रति कडा शब्दमा निन्दा एवं भर्त्सना गर्दै विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण प्रदर्शनकारी, विद्यार्थी, कामदार, श्रमिक नेताहरू, स्वास्थ्यकर्मी, र बालबालिकाको हत्याले अन्तर्राष्ट्रिय समुदायलाई हतप्रभ बनाएको छ ।’

साथै विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले म्यानमारसँग सन् २०१३ मा गरेको व्यापार तथा लगानी संरचना सम्झौतालाई तत्काल निलम्बन गरेको उल्लेख छ । उक्त सम्झौता बमोजिम दुई मुलुकले म्यानमारको अर्थतन्त्रलाई विश्व व्यापारसँग एकीकृत गर्ने प्रयास स्वरूप व्यापार र लगानीका विषयमा सहकार्य हुँदै आएको छ । म्यानमारको सेनाले लोकतान्त्रिक शासन व्यवस्थालाई समर्थन जनाएपछि उक्त सम्झौता गरिएको थियो ।

तर अमेरिकी व्यापार प्रतिनिधि ताईको सोमबारको घोषणाबाट दुई मुलुकबिचको व्यापार भने तत्काल रोकिने छैन ।

यही कारण संयुक्त राज्य अमेरिकाले म्यानमारमाथि अलग्गै प्रतिबन्धहरू लगाउँदै छ । उदाहरणका लागि, संयुक्त राज्य अमेरिका र बेलायतले म्यानमारको सेनाको नियन्त्रणमा रहेका दुई ठुला व्यापारिक कम्पनीहरू म्यानमार इकोनोमिक होल्डिङ्स लिमिटेड र म्यानमार इकोनोमिक कर्पोरेसनमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले म्यानमारको निर्यात व्यापारमा नियन्त्रण गर्न थालिएको र केही बर्मेली व्यवसायलाई कालोसूचीमा राखिएको जानकारी दिएका छन् ।

म्यानमार र संयुक्त राज्य अमेरिकाबिचको व्यापार त्यति ठुलो छैन । गत वर्ष अमेरिकाले म्यानमारतर्फ करिब ३३ करोड ८० लाख डलरको सामग्री निर्यात गरेको थियो भने करिब एक अर्ब डलर बराबरको आयात गरेको थियो ।

तर अमेरिका र अन्य विकसित मुलुकहरू म्यानमारका तयारी पोसाकका प्रमुख खरिदकर्ता रहेका छन् । यी कारखानाहरू अधिकांश विदेशीले खोलेका छन् । यी कारखानाले गरिबीको चपेटामा परेको म्यानमारमा लाखौँलाई रोजगारी उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस