काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार ३ हजार १ सय २२ जनामा पीसीआर परिक्षण गर्दा थप १४१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार १८० पुगेको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ६ सय १२ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारणले ३ हजार २७ जनाले ज्यान गुमाइसकेका छन् ।