काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । । २ हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएकोमा ८५ जनाको नतिजा पोजिटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७६ हजार ७५० पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ४३५ पुगेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ३ े जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार २७ पुगेको छ ।
हाल देशभर क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक हजार २८८ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।