पोर्चुगल । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत रूपले चयन भएका छन्। शाखाको चौथो अधिवेशन सम्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रीय कार्यसमितिको नीति अनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो । शाखामा ५९ साधारण सदस्य रहेका छन् ।
निर्वाचनले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जङ्गम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवमा म्हेन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन्।
यसैगरी सदस्यमा वीरमान घर्ती, युवराज फुँयाल, दिनेश गौतम, गोमा खरेल, नीराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल अधिकारी, अनिल पौडेल, भेषबहादुर सन्जु काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पा तेन्जी शेर्पा र किशोर लिम्बु रहेका छन् । शाखाको संरक्षकमा पुष्प बरुवाल, पञ्चम अधिकारी र राजकुमार दिक्पाल चयन भएका छन्।
नयाँ कार्यसमिति गठनका लागि नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका सदस्य राजेश चाम्लिङ राईको संयोजकत्वमा डा उदयदेव आचार्य सदस्यसचिव रहेको निर्वाचन समिति गठन गरिएको थियो ।