काठमाडौँ। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैङ्क लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
बैङ्कले एक सूचना प्रकाशित गर्दै ३६ हजार ४ सय ६२ कित्ता संस्थापक समूहको शेयरहरू बिक्री गर्ने जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैङ्कको निर्देशन बमोजिम सर्वप्रथम बैङ्कका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र सङ्कलन गरेर बैङ्कको बागबजार, काठमाडौँस्थित शेयर शाखामा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।