कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न ललितपुर प्रशासनको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न ललितपुर प्रशासनको निर्देशन


११ चैत्र २०७७, बुधबार


काठमाडौँ । नेपालमा पछिल्लो केही दिनयता कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना संक्रमण रोक्नका लागि अपनाइने मापदण्ड पालनमा कडाइ गर्ने भएको छ ।

बुधबार बसेको डीसीसीएमसी ललितपुरको बैठकले कोरोना संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सोसिएल डिस्टेन्स लगायतका मापदण्ड अनिवार्य रुपमा पालना गर्न कडाई गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने निर्णय समेत भएको बस्नेतले बताए ।

बस्नेतका अनुसार रात्रिकालीन व्यवसायहरु राति ११ बजेपछि सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । व्यवसाय सञ्चालन गर्दा पनि भिडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका तोकिएका मापदण्डहरु पालना गर्नु पर्ने व्यवस्था मिलाउन प्रशासनले अनुरोध समेत गरेको छ ।

कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर राखी फागुपूर्णिमा (होली) को अवसरमा भिडभाड नगर्न समेत प्रशासनले भनेको छ ।

हेर्नुहोस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस