१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक सिङे गैँडा संरक्षणमा जुटौँ : मन्त्री आले

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले लोपोन्मुख अवस्थामा रहेका एक सिङे गैँडा संरक्षण गर्नका लागि सबैले एकजुट हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सोमबार चितवनको सौराहामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै छिमेकी मुलुक भारत र नेपालमा मात्रै पाइने गैँडा जोगाउन भनेका हुन् ।

मन्त्री आलेले गैँडा संरक्षणका लागि सबै स्थानीय तह, कर्मचारी तथा आम नागरिकले एकजुट भएर लाग्नु पर्ने बताए । उनले भने, “बुद्धको देश, सगरमाथाको देश भनेर चिनिएको नेपालमा अब एक सिङे गैँडाको देश भनेर चिनाउनु पर्ने अवस्था छ, गैँडा जोगाउन हामी सबै तह, तप्का र आम नागरिकले लाग्नु पर्छ ।”

मन्त्री आलेले गैँडा चोरी–सिकारीमा संलग्न तस्करहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन समेत सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभयो । उनले भने, “गैँडा भनेको हाम्रो देशको गहना हो, त्यसको चारी–सिकारीमा संलग्न हरूलाई हदै सम्मको कारबाही गरिनु पर्छ, देशको गहना नास गर्नेलाई कुनै पनि हालतमा छुट दिनु हुँदैन ।”

एक सिङे गैँडा नेपालको चितवन, बर्दिया, कञ्चनपुर तथा पर्सामा मात्रै पाइने भएकाले विशेष गरी त्यहाँका नागरिकले गैँडा संरक्षणका लागि चनाखो हुनु पर्ने मन्त्री आलेको जोड थियो । कोरोनाका कारण काठमाडौँ स्थित सदर चिडियाखानामा रहेका वन्यजन्तुका लागि आहाराको समस्या भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले गैँडाका लागि एक महिनाको आहारा खर्च व्यवस्थापन गरेकोमा धन्यवाद समेत दिए । सोही क्रममा मन्त्री आलेले आफूले पनि चिडियाखानामा रहेको हात्तीको आहाराका लागि केही आर्थिक सहयोग दिएकाले वन्यजन्तुको आहाराका लागि सबै इच्छुक नागरिक, वित्तीय सङ्घ संस्थाहरूले पनि सहयोग गर्न आग्रह गरे ।

गैँडा बढी जसो चितवन तथा पर्सा जिल्लाका निकुञ्जहरूबाट तस्करहरुले चोरी–सिकारी गर्ने भएकाले ती क्षेत्रमा कडाइ गर्न आवश्यक रहेको बताउँदै चोरी–सिकारीमा संलग्नलाई कडा कारबाही गर्न निकुञ्ज कर्मचारीहरूलाई निर्देशन समेत दिए । उनले थप भने, “गैँडा चोरी–सिकारी हुनबाट रोक्न नियमित अनुगमन तथा गस्ती गर्नुस्, तस्करहरूलाई कानुनी दायरामा ल्याउनुस् ।”

उक्त कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले नेपालमा हाल सम्म १२१ वटा गैँडा मारिएको जानकारी दिए । उनका अनुसार ६ वटा चोरी–सिकारीबाट मारिएका तथा अन्य ११५ वटा विभिन्न रोग र प्रकृति प्रकोपका कारण मरेका छन् ।

गएको वर्ष गरिनु पर्ने गैँडा गणना कोरोनाका कारण रोकिएकोले यो वर्ष सुरु गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपककुमार खरालले जानकारी दिए ।

नेपालमा सन् १९९४, २०००, २००८, २०११ तथा २०१५ मा राष्ट्रिय गैँडा गणना गरिएको थियो । एक सिङे गैँडालाई आइयुसियनले भ्यालुयवल प्रजातिको सूचीमा राखेको छभने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ मा सुचीकृत छ । आजबाट सुरुवात गरिएको गैँडा गणना कार्यक्रम कम्तीमा पनि २२ देखि २५ दिन लाग्ने तथा वैशाख पहिलो साता सम्म तत्थ्याङ्कसार्वजनिक गर्ने लक्ष लिइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए ।

गैँडा गणनाका लागि ४० वटा हात्ती तथा २०० जना अन्य कर्मचारी परिचालन भएका छन् । परिचालन भएकाहरूमा तालिम प्राप्त गणक ६० जना र अन्य हात्ती सँग सम्बन्धित व्यक्ति रहेका छन् । अघिल्ला वर्षहरूमा गैँडा गणना कार्यमा संरक्षण सहयोगी संस्थाहरूको आर्थिक सहयोगमा हुने गरेको थियो भने आर्थिक वर्ष २०७६÷०७७ मा गैँडा गणनाको लागि नेपाल सरकारबाट रु एक करोड १० लाखको बजेट विनियोजन भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए ।

सन् २००० मा गरिएको गैँडा गणना अनुसार नेपालमा कुल ६१२, सन् २००८ मा ४३५, सन् २०११ मा ५३४, सन् २०१५ को गणना अनुसार ६४५ वटा गैँडा रहेको पाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज गैँडाको मुख्य वासस्थानका रूपमा रहेको बताइएको छ । सन् २०१५ को तथ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैँडाहरू रहेको सो कार्यक्रममा जानकारी गराइएको थियो । गैँडा चारी–सिकारीमा संलग्नलाई कानुनी दायरामा ल्याउन सफल भएका नेपाली सेना, नेपाल प्रहरीको सिआइबीका कर्मचारी तथा गेम स्काउटहरूलाई आज नगद पुरस्कार, प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस