२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुरुयोजना तयार गर्न प्राधिकरण र केन्द्रबीच समझदारी

अ+ अ-

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा देशको दुर्गम स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई राष्ट्रिय प्रशारण लाइनमा जडानसम्बन्धी गुरुयोजना तयार गर्न तथा जुम्ला जिल्लामा निर्माण भएका सात लघु तथा साना जलविद्युत् आयोजनालाई मिनीग्रिडमा आबद्ध गर्ने परियोजनालाई कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एनइए इञ्जिनियरिङ्ग कम्पनीबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार जुम्ला मिनीग्रिड परियोजना कार्यान्वयनको साथै आगामी आर्थिक वर्षमा १०० वटा सम्भाव्य लघु जलविद्युत् आयोजनाहरु पहिचान गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गर्ने लक्ष्य रहेको छ । समझदारीपत्रमा केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुधन अधिकारी तथा नेपाल विद्युत प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हस्ताक्षर गरेका छन् ।

पटकपटक विद्युत् आपूर्तिको समस्या झेल्दै आएको जुम्ला सदरमुकाममा प्राधिकरणद्वारा निर्मित एक साना जलविद्युत् आयोजना तथा केन्द्रको सहयोगमा निर्मित छ आयोजनालाई मिनीग्रिडमा आबद्ध गर्नको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न एनइए इञ्जिनियरिङ्ग कम्पनी र केन्द्रबीच गत कात्तिक २ गते सम्झौता भएको थियो । मिनीग्रिड निर्माणपश्चात् जुम्ला सदरमुकाममा विद्युत आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।

उक्त अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लघु जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जडानको लागि प्राधिकरण सदैव उत्साहित रहेको बताउँदै उनले सोको लागि आवश्यक प्राविधिक,उपकरण र लागतसम्बन्धी मापदण्ड एनइए इञ्जिनियरिङ्ग कम्पनीले तयार गर्ने बताए । उनले आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा आबद्ध गर्दा व्यावसायिक ढाँचामा स्पष्ट हुनुपर्ने उल्लेख गरे ।

केन्द्रका कार्यकारी निर्देशक अधिकारीले लघु तथा साना जलविद्युत् आयोजनाहरुको दिगो रुपमा सञ्चालन तथा प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनको वितरण प्रणालीको कार्यक्षमता वृद्धि गर्न समझदारीले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले यसबाट विद्युत आपूर्ति प्रणालीलाई थप विश्वासिलो र भरपर्दो बनाउन समेत योगदान पु¥याउने बताए ।

समझदारीअनुसार जुम्ला जिल्लामा निर्माण हुन लागेको मिनीग्रिड परियोजनाको विस्तृत अध्ययनलाई प्रतिवेदन यथासक्य चाँडो अन्तिम रुप दिई कार्यान्वयनमा लैजाने, लघु जलविद्युत् निर्माण भएको क्षेत्रमा राष्ट्रिय प्रशारण लाइन पुगेपछि विद्युत् गृहसम्म लाइन विस्तारको लागि प्राधिकरणले सहयोग गर्ने, प्रशारण लाइनमा जोड्नेलगायतका प्राविधिक कार्य केन्द्रको तर्फबाट गरिने छ ।

त्यस्तै गुरुयोजनाअनुसार केन्द्रको सहयोगमा निर्माण भएका कम्तीमा १०० आयोजना पहिचान गरेर राष्ट्रिय प्रशारण लाइनमा जोड्ने कार्यलाई अघि बढाउने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस