२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चैत २६ देखि विराट गोल्डकप

अ+ अ-

मोरङ । प्रदेश नं १ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ यही चैत २६ देखि आगामी वैशाख ४ गतेसम्म यहाँ सञ्चालन हुने भएको छ ।

विराट गोल्डकप फुटबल ट्रष्टद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता स्थानीय शहीद रङ्गशालामा फ्लडलाइट (रात्रिकालित बत्ती)का माध्यमबाट हुने आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिए ।

छैटौँ संस्करणका रूपमा रहेको गोल्डकपमा नेपालका ‘ए’ डिभिजनसहित अफ्रिकन क्यामरुन र भारतका टोली सहभागी हुनेछन् । प्रतियोगितामा भारतको पञ्जाव पुलिस, झारखण्डको टाटा एकेडेमी, क्यामरुनको अफ्रिकन रुट्स एशोसिएशन टोली पहिलोपटक सहभागी हुँदैछन् भने नेपालका मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरी, नेपाल पुसिल क्लब, सङ्कटा क्लब, राष्ट्रिय लिग विजेता टोली मच्छिन्द्र क्लब, गोर्खा ब्याइज, रुपन्देही र आयोजक विराटनगर–११ रहने ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले बताए ।

गोल्डकप विजेता टोलीले १५ लाख १५ हजार र उपविजेता टोलीले ७ लाख ५१ हजार नगद र आकर्षक शिल्ड प्राप्त गर्नेछन् । पाँचौँ संस्करण विजेताले १३ लाख पुरस्कार पाएको थियो भने उपविजेताले रु सात लाख प्राप्त गरेको थियो । प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई १५ हजार नगद रहेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ । प्रयोगिता राति ७ः०० बजेदेखि शुरू हुने तथा यसको टिकटदर रु दुई, तीन र चार सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस