१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खनाल-नेपाल समूहको दुई दिने राष्ट्रिय भेलाबाट १७ बुँदे प्रस्ताव पारित

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) माधव नेपाल–झलनाथ खनाल समूहको दुई दिने राष्ट्रिय भेला सम्पन्न भएको छ। नेपाल समूहले २ दिने राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ । भेलाको दोस्रो दिन बिहीबार एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावलले पेश गरेको १७ बुँदे प्रस्ताव छलफलपछि पारित गरेको हो ।

प्रस्तावमा फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको विशेष बैठक भनी गरेको विभिन्न निर्णयलाई अस्वीकार गर्ने उल्लेख छ ।

भेलाले विधान अनुसार अगाडि बढ्न सबै नेता र कार्यकर्तालाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ। एमालेलाई गुट र सत्ताको धम्की नदिनसमेत भेलाले अध्यक्ष ओलीलाई आग्रह गरेको छ।

केपी ओलीबाट प्रतिनिधिसभालाई विघटन गरेर गरेको राजनीतिक अस्थिरता र पार्टी विधान विपरित भएका काम र गुटबन्दी र राष्ट्रिय हितविरुद्ध अग्रसर हुन भेलाले सबैलाई अनुरोध गरेको छ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्ष ओलीको एकलकाटे र गुटगत प्रवृत्तिका विरुद्ध भेलाले महत्वपूर्ण छलफल गरेको बताए। फागुन २८ गतेपछि भएका सम्पूर्ण निर्णय फिर्ता लिनुपर्ने बटमलाइन भेलाको निष्कर्ष रहेको भट्टराईले बताए।

एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा बुधबार सुरु भएको हो। बैठकमा भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट ९ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका थिए।

नेता नेपालले प्रस्तुत गरेका अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अरु कुनै उपाय नभएको उल्लेख गरिएको छ। नेता नेपालले पार्टी पंक्तिले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, वर्तमान अवस्थाका चुनौतीहरु र आगामी कार्यभारहरुका बारेमा अवधारणापत्रमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस