१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हनी ट्रयापमा फसाई रकम असुल गरेको अभियोगमा दुई महिला पक्राउ

अ+ अ-

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले हनि ट्रयापिङबाट ठगी गर्ने २ महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० घर भई हाल काठमाडौँ घट्टेकुलो बस्ने ललिता भन्ने ३७ बर्षीया लालासरस् शाही र सोही ठाउँ घर भई काठमाडौँ कपन बस्दैआएका ३७ बर्षीया कल्पना हमाल रहेको प्रहरीले जनाएको छ ।

उनीहरु दुबै जनालाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

ललिताले काठमाडौँ कोटेश्वरका एक पुरुषलाई सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई कोठामा सँगै बसेको भिडियो गोप्यरुपमा कल्पनाले खिचेर म्यासेन्जरमार्फत पठाएर ब्ल्याकमेल गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

भनेजति पैसा नदिए घरपरिवार साथै प्रहरीमा उजुरी गरेर फसाइदिने भन्दै रकम मागेको पिडक पुरुरुषले प्रहरीसमक्ष बयान दिएका छन्। पछिल्लो समय ८ लाख रुपैयाँ मागेपछि आफूलाई ब्ल्याकमेल गरेको हुनसक्ने भन्दै ती पुरुषले प्रहरीमा जाहेरी दिएका थिए।

पटक–पटक गरेर ती पुरुषसँग उनीहरुले ३ लाख २ हजार ५ सय रुपैयाँ लिएको एसपी कोइरालाले बताए। ‘ती महिलाहरुले यसरी नै धेरै व्यक्तिलाई ब्ल्याकमेल गरेको हुनपर्छ,’ एसपी कोइरालाले भने, ‘थप अनुसन्धान भइरहेको छ।’

ललिताले २०६६ साल मंसिरमा बाँके नेपालगन्जका राजु धितालको अपहरणपछि हत्या आरोपमा ७ वर्ष जेल बसेर छुटेको खुलेको छ। जिल्ला अदालत बाँकेले १४ वर्ष जेल सजाय सुनाए पनि उच्च अदालत, बाँकेले २०७४ मंसिर २२ गते १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस