३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति कार्यान्वयनका लागि योजना तय

अ+ अ-

काठमाडौँ । राष्ट्रिय विज्ञान, प्रविधि विकास तथा समन्वय परिषद्को दोस्रो बैठकले विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ को कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना तयार गरेको छ । उक्त नीति मन्त्रिपरिषद्को भदौ २६ गतेको बैठकले पारित गरेको थियो ।

परिषद्का अध्यक्ष एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न बैठकले वैज्ञानिक चेतना अभिवृद्धि गर्न र अन्धविश्वास तथा कुरीति हटाउन सामाजिक सञ्जालको प्रयोगमा जोड दिइएको छ । वृत्तचित्र तथा रेडियो कार्यक्रम, सडक नाटकजस्ता कार्यक्रम सञ्चालन गर्ने, राजनीतिक, सञ्चार क्षेत्र, उद्योग व्यवसाय र प्राज्ञिक क्षेत्रका उच्च तहका नेतृत्वलाई एउटा मञ्चमा ल्याई विज्ञान प्रविधिलाई प्राथमिकता दिन वर्षमा दुई पटक उच्चस्तरीय छलफल गर्नेलगायतका कार्ययोजना तय गरेको हो । उक्त कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ ।

यस्तै मौलिक तथा परम्परागत ज्ञान र प्रविधिको प्रवद्र्धन, विद्यालयमा वैज्ञानिक सिकाइ विधि र विज्ञान शिक्षाको सुदृढीकरण, व्यवसायीकरणतर्फ विद्यार्थीको आकर्षण वृद्धि गर्न विद्यालयस्तरदेखि नै प्रारम्भिक सीपमूलक तालीम सञ्चालन गर्ने र अनुसन्धान विकास कार्यको प्रभावकारिता अभिवृद्धि गर्नेलगायत छन् ।

बैठकमा मन्त्री श्रेष्ठले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको महत्व हुने अहं हुने भएकाले प्रस्तावित कार्ययोजनालाई कार्यान्वयनमा सम्बद्ध सबै मन्त्रालय र निकायको सहयोग आवश्वक रहेको बताए। उनले सरकारले शिक्षा, विज्ञान र प्रविधिलाई सधैँ प्राथमिकता दिने र यसलाई प्रदेश र स्थानीय तहसम्म कार्यान्वयनमा लान आवश्यक रहेकामा जोड दिए ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले यस क्षेत्रमा लगानी वृद्धिका साथै कार्यान्वयनका लागि क्षमतावृद्धि पनि सँगै गर्नुपर्ने बताए । मन्त्रालयका सचिव डा सञ्जय शर्माले परिषद्को अघिल्लो बैठकले दिएको कार्यादेशअनुसार एक हजारभन्दा बढी सरोकार भएका पक्षसँगको छलफलका आधारमा कार्ययोजना तयार गरिएको जनाए । नीतिमा मन्त्रीको अध्यक्षतामा विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका सचिव सम्मिलित २१ सदस्यीय परिषद् गठनको प्रबन्ध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस