४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनको दैनिक कोटा वृद्धि गर्न अर्थमन्त्री र सचिवलाई ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले बजारमा सुनको कृतिम अभाव भई अवैध कारोवार बढेकाले सहज आपूर्तिको व्यवस्थापन गर्न माग गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको छ ।

सङ्घका अध्यक्ष रमेश महर्जनको नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री पौडेललाई भेट गरी बजारमा सुनको मागअनुसारको आपूर्ति हुन नसक्दा यस क्षेत्रमा प्रतिकूल असर परेको जानकारी गराएको हो ।

साविकमा दैनिक २५ केजी सुन बिक्री वितरण हुँदै आएकामा कोभिड–१९ का कारण गत वर्ष चैतको पहिलो हप्तादेखि नै दैनिक १० केजीमा आयात झारिएकामा हाल अर्थतन्त्रका सबै क्षेत्र सामान्य अवस्थामा आइसकेकाले सुनको दैनिक कोटा वृद्धि गर्न ध्यानाकर्षण गरिएको छ ।

मागलाई धान्नै नसक्ने गरी अव्यावहारिक किसिमले आपूर्तिलाई नियन्त्रण गर्दा अवैध गतिविधि बढ्ने तथा राजश्व चुहावट हुने भएकाले वर्तमान अवस्थामा दैनिक कोटालाई कम्तीमा पनि ३० केजी बनाउनु पर्ने भनिएको छ ।

सुनको बिक्री वितरणलाई विकेन्द्रित गरी नेपाल राष्ट्र बैंकले जारी गरेको सुन आयात तथा बिक्री वितरण कार्यविधि–२०६८ ले तोकेअनुसार काठमाडौँको साथै धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, वीरगञ्ज, जनकपुर, विराटनगर र भद्रपुर अन्य आठ वटा स्थानबाट सुनको बिक्री वितरणको व्यवस्था गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

प्रतिनिधिमण्डलले मन्त्रिपरिषद् सचिवालयका सचिव बैकुण्ठ अर्याललाई पनि सोही विषयमा आइतबार ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस