काठमाडौँ । आज शनिबार थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ७५ हजार १७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६० जना सङ्क्रमित थपिनुका साथै ७२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७१ हजार २४९ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा २ जना कोरोना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । योसँगै कोरोनाबाट नेपालमा ३ हजार १४ जनाको मृत्यु भएको हो । हाल ४९ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयले हाल ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।