प्रदेश सरकारले उत्पादन र रोजगारीका लागि तीन अर्ब विनियोजन गरेको छः मन्त्री फुयाँल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश सरकारले उत्पादन र रोजगारीका लागि तीन अर्ब विनियोजन गरेको छः मन्त्री फुयाँल


२८ फाल्गुन २०७७, शुक्रबार


ललितपुर । वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले उत्पादन र रोजगारी सिर्जना गर्न तीन अर्ब बजेट विनियोजन गरेको बताए ।

गोदावरी नगरपालिकाको पाँचौँ स्थापना दिवसका अवसरमा आज मन्त्री फुयाँलले मुलुकको गरिबी र बेरोजगारीको समस्या समाधान गर्न कृषि विकास बैंकसँग आफूहरुले सम्झौता गरिसकेको बताए । उत्पादनको काम गर्न ऋण आवश्यक परेका व्यक्तिले बैंकमा सम्पर्क गरी निर्यातमुखी कामलाई अघि बढाउन उनले आग्रह गरे ।

ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले गोदावरीमा ‘एक घर, एक धारा’ को अभियान ल्याएपनि अझै पूर्णरुपमा पालना हुन नसकेको दुःखेसो गरेका छन् ।

यसैगरी अर्का सदस्य लालकुमारी पुनले ललितपुरका सुगम क्षेत्रमा मात्रै नभई दुर्गम क्षेत्रमा पनि समानताका हिसाबले विकासका गतिलाई अघि बढाउन जरुरी रहेकाले यसतर्फ ध्यान दिनुपर्ने बताइन् । नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रुपमा गोदावरी काठमाडौं उपत्यकाका अन्य नगरपालिकाभन्दा ठूलो रहेकाले यसलाई सरकारले विनियोजन गर्ने बजेटमा केही संशोधन गरी थपेर दिन जरुरी रहेको सुझाव दिए ।

सो कार्यक्रममा गोदावरीभित्र सबभन्दा बढी कर तिर्ने ‘युनाइटेड सिमेट प्राली’ का प्रमुख कार्यकारी अधिकृत माधवराज तिमिल्सिना, विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइमापन गर्न सफल नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोललगायतलाई सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस