काठमाडौँ । सरकारले निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधी पौडेललाई नियुक्त गरेको छ। डा. पौडेललाई मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशकमा नियुक्त गरेको हो।
कार्यकारी निर्देशकका लागि सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थिया । तीमध्ये डा. पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो। डा. पौडेल हालसम्म वीर अस्पतालमा कार्यरत छन्।
सम्बन्धित समाचार : निजामती कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
सम्बन्धित समाचार : निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस
सिफारिस समितिले डा. पौडेलसहित डा. दिनेशकुमार लम्साल र डा. प्रकाशराज न्यौपानेको नाम सिफारिस गरेको थियो।
निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि आठ जनाको आवेदन परेको थियो। समितिले तीमध्येबाट शैक्षिक योग्यता, अनुभव, तालिम र अनुसन्धानमूलक, कार्ययोजनाको मूल्याङ्कन अङ्कको आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो।