निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस


२३ फाल्गुन २०७७, आइतबार


समायोजन

काठमाडौँ । निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले पर्वत कटुवाचौपारी १ का प्रा।डा। विधान निधि पौडेल, काठमाडौँ–३० का प्रा।डा। दिनेश कुमार लम्साल र मध्यपुर ठिमी-३ भक्तपुरका डा। प्रकाश राज न्यौपानेको नाम निजामती कर्मचारी अस्पताल विकास समिति समक्ष नियुक्तिका लागि सिफारिस गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १९ गते ४ वर्षका लागि कार्यकारी निर्देशक माग गरेको थियो ।

सम्बन्धित समाचार : निजामती कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

निजामती कर्मचारी अस्पतालका(कार्यकारी निर्देशकको छनौट, काम, कर्तव्य, अधिकार, सेवा र सुविधा) सम्बन्धी नियमावली, २०७७ बमोजिम निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदको लागि आवेदन स्वीकृत भएका ८ जना उम्मेदवारको यही फागुन ११ र १२ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र २२ गते अन्तर्वार्ता भएको थियो ।

हेर्नुहोस् सूचना

 

 

Tags :
प्रतिक्रिया दिनुहोस