२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशसभा हलको ६० प्रतिशत काम सम्पन्न

अ+ अ-

विराटनगर । प्रदेश नं १ विराटनगरको प्रदेशसभा भवन तोकिएको समयमा केही ढिला भए पनि बजेट अधिवेशन शुरु हुनुभन्दा अगावै निर्माण सम्पन्न हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभाहलको निर्माण करीब ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

सातौँ तथा हिउँदे अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न स्वामीनारायण निर्माण सेवा प्रालि धरानले दुई करोड ५१ लाख ८१ हजार ९७६ मा ठेक्कामा लिएको भवन २०७७ साल असोज १ गते सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गरेका थिए ।

निर्माण कम्पनीले आगामी फागुन मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि भवनको नक्सा र स्वरुपमा भएको परिवर्तनले केही ढिलाइ भएको बताइएको छ । नयाँ सभाहल करीब ३०० मानिस अट्ने छ ।

सभामुख भण्डारीले विगतमा अनेक बाधा अड्चनका बाबजुद पनि साविक जिल्ला विकास समति मोरङको सभा हलमा सञ्चालन भएको प्रदेशसभा अब नयाँ भवनमा सहज एवं सरल हुने बताए । उनले यो भवन समयमै निर्माण गर्न र गुणस्तरमा विशेष ध्यान दिन निर्माण कम्पनीलाई बारम्बार ताकेता पनि गरिरहेको बताए ।

अन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्माण गर्न लागेको यो पहिलो संरचना हो भने । मन्त्री कार्कीले नीति निर्माण गर्ने सार्वभौम थलोका रुपमा रहेको प्रदेशसभाको हल निर्माण भएपछि सभा सञ्चालन गर्न सहज हुने बताए ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले भवनको शुरुवाती नक्सा र स्वरुपमा केही परिवर्तन गरिएकाले निर्माण लागत बढ्ने जानकारी दिए । उनले भवन निर्माण सम्पन्न गर्न थप एक करोड २५ लाख बजेट अपुग भएको देखिएको छ र सो रकम माग गर्ने काम भएको बताए । सचिव पराजुलीले सभाहलमा आवश्यक पर्ने फर्निचरको व्यवस्थापन गर्न करीब १८ लाखको ठेक्का लगाइसकिएको बताए ।

जिल्ला समन्वय समितिको एक बिघा तीन कठ्ठा क्षेत्रफलभित्र बन्न लागेको यो भवनले संसद् सञ्चालन गर्न सहज एवं सरल हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस